चीनमा कोरोना भाईरस पत्ता लगाउने डाक्टरको मृतु ,
माघ २४ ,काठमान्डौ – चीनमा कोरोना भाईरस पत्ता लगाउने डाकटरको मृतु भएको छ ।कोरोना ब्याक्तिमा छ भनेर पत्ता लगाउने चिकित्सकको पनि कोरोना बाटनै मृतु भएको विश्व स्वास्थ्य संगठनले पुस्टि गरेको हो ।
उनले चीनमा डिसेम्बर महिनातिर कोरोना भाइरसको संक्रमण भित्रिन सक्ने चेतावनी दिएका थिए ।
तर अनावश्यक हल्ला फैलाएको भन्दै उनलाई तत्काल प्रहरीले पक्राउ गरेको थियो ।
मृतक ली वेनलिङ चिकित्सकले त्यसबेला उनी आफैं कोरोना भाइरसबाट संक्रमित भएका र डिसेम्बर ३० मा उनले आफ्ना विद्यार्थीहरु रचिकित्सकहरूलाई चेतावनी दिँदै केही बिरामीमा सार्स जस्तो भाइरसको लक्षण देखापरेको संकेत दिएका थिए ।
तर उनको सोही बिमारका कारण दुःखद निधन भएको छ । बिहीबार विश्व स्वास्थ्य संगठन (डब्लु एचओका)ले पत्रकार सम्मेलन गरी उनको मृत्यु भएको पुष्टि गरेको छ ।
पत्रकार सम्मेलनमा डब्लएचओका अधिकारीहरुले भने, ‘हामी डा। ली वेनलिङ गुमाएकोमा धेरै दुःखी छौं ।
ली वेनलिङले त्यसबेला निजी मेडिकल कलेजका सहकर्मी चिकित्सक र विद्यार्थीहरूसँग कुराकानीमा कोरोना भाइरसको संक्रमणका बारेमा निकै चिन्ता व्यक्त गरेका थिए ।
उनको सो दाबीलाई बेवास्ता गर्दै अधिकारीहरूले उनलाई पक्राउ गर्न निर्देशन दिएका थिए । ३४ वर्षीय ली चीनको वुहान केन्द्रीय अस्पतालका नेत्र रोग विशेषज्ञ रहेको बिबिसीले जनाएको छ ।
दिसिम्बर अन्तमा मेडिकल कलेजका ग्राजुयट छात्रछात्राहरुसँको निजी कुराकानीमा उनले कोरोना भाईरस भित्रन सक्ने चेतावनी दिएका थिए ।
त्यसपछि प्रहरी अधिकारीहरूले उनलाई सार्वजनिक सुरक्षा ब्यूरोमा उपस्थित हुन भन्दै बोलाइएको थियो ।
प्रहरीले पक्राउ गरेपछि उनलाई बाध्य पारेर आफुले तेस्तो केहि पनि नभनेको समेत भन्न लगाईएको थियो ।
तर जब कोरोनाले चीनमा माहामारी लियो तब उनलाई गलत टिप्पणी गर्न लगाउने अधिकारीहरुले आफि मागेका थिए ।
पक्राउ परेका उन्ला जोरो र खोकीले सताएको थियो ।अस्पताल लगेर ३० जनवरीमा गरिएको स्वास्थ्य परिक्षन्मा उनीमाथि कोरोनाको पोजेटिभ देखियो ।
हिजो फेब्रुअरी ६ को मृत्युको खबर बिहिबार सोशल मीडिया र चीनका स्वास्थ्य ब्लगहरुमा सार्वजनिक गरिएको छ ।
उनले मानिसलाई सहि समयमा संकरमं हुँदै छ भनेर संकेत गराउने चिकित्सकलाई महांका रुपमा लिएको छ ।
तर उनि मरेर गएपनि उनले पत्ता लगाएको यो नोवेल कोरोना भाईरसलाई भने अब मानिसले जिवन्त सम्जिने छन् र सावधान रहने छन् ।
अहिले कोरोना भाईरसबाट विश्वभर २८ हजार ब्याक्ति संक्रमित छन् । चीनमा मात्र यसबाट ६ सय जनाको ज्यान गईसकेको छ ।