प्रदेश न . २ मा छोरी पढाउ छोरी बचाउ अभियान सुरु ,,
१३ चैत, जनकपुर – प्रदेश २ को सरकारले छोरी हरुको लागि भनेर यौटा छुटै अभियान शुरु गरेको छ , प्रदेश न २ का मुख्यमन्त्री लाबाबू राउतले यौटा कार्यक्रममा घोसना गर्दै छोरी बचाउ ,छोरी पढाउ बोलको अभियान चलाउने निर्णय गरेर १०० दिने कार्ययोजना सार्बजनिक गरेका छन् ।
यो योजना अन्तर्गत नयाँ जन्मिने छोरीहरुको हकमा प्रदेश सरकारले विमा कम्पनीसँग साझेदारी गरेर छोरीहरुको शिक्षा विमा नीति ल्याउनेछ जसले गर्दा छोरी हरुको लागि पढाईमा टेवा पुग्ने छ र उनीहरुलाई जिबनमा अगाडी बढ्ने हौसला मिल्नेछ ।
तेसै गरि प्रदेश न २ मा कुनै पनि घरमा टोलमा हिंसा पीडित महिलाहरुले निःशुल्क एसएमएसमार्फत आफ्नो समस्या प्रदेश सरकार समक्ष राख्ने व्यवस्था गर्ने बताएको छ । सहयोगका लागि मुख्यमन्त्रीको कार्यालयमा ‘महिला सुरक्षा डेस्क’ स्थापना गरिने १०० दिने कार्ययोजनामा उल्लेख छ ।
प्रदेश सरकारले मुख्यमन्त्री स्वच्छता अभियान, शहिद परिवारका लागि ‘एक परिवार, एक रोजगार’ कार्यक्रम, स्थानीय तहका आवासीय क्षेत्रलाई सडकसँग जोड्न ‘मुख्यमन्त्री सडक योजना’ अघि सारेको छ ।
तेस्तै ग्रामिण दलित बस्तीहरुमा पनि आफ्नो सरकार आफ्नो लागि सधैभरि क्रियाशील रहने कार्यक्रम गर्ने पनि प्रदेश सरकारको योजना छ ।
हरेक जिल्लामा एक स्मार्ट सिटी ,,
प्रदेश सरकारले ८ वटै जिल्लामा कम्तिमा एक-एक स्मार्ट सिटी बनाउने अवधारणा अघि सारेको छ । प्रदेशस्तरीय लगानी बोर्ड नै गठन गर्ने र लगानीमैत्री प्रदेशका रुपमा विकास गर्ने सरकारको योजना छ ।
प्रदेश २ अन्तर्गतका आठवटै जिल्लामा विशेष आर्थिक क्षेत्र घोषणा गर्ने, आर्थिक क्षेत्रलाई बन्द हड्ताल मुक्त बनाउने, माछा जोनको विकास गर्ने प्रदेश सरकारले बताएको छ ।
चुरे संरचनाको छुट्टै नीति ल्याउने, बाढी, आगजनी तथा शितलहर पीडितहरुका लागि सहयोग गर्न मुख्यमन्त्री राहत कोष स्थापना गर्ने प्रदेश सरकारको १०० दिने कार्ययोजनामा उल्लेख छ ।
प्रदेश सरकारले कानुनहरु द्रुत निर्माण गर्ने र त्यसका लागि सहजीकरण समिति नै बनाउने पनि बताएको छ ।