संसदले भन्यो गच्छदारको सांसद पद निलम्बन भईसक्यो विज्ञप्तिसहित,
माघ २४ ,काठमान्डौ – नेपाली कांग्रेस उपनेता गच्छदारको सांसद पद निलम्बन भैसकेको संसदले बताएको छ ।
संसद सचिवालयले शुक्रबार विज्ञप्ति जारी गरी भ्रष्टाचार निवारण ऐन अनुसार गच्छदारको पद निलम्बनमा परेको जानकारी दिएको हो।
वालुवाटार ललिता निवासको सरकारी जग्गा हिनामिना गरेको आरोपमा गच्छदार विरुद्द अख्यितार दुरुपयोग अनुसन्धान आयोगले ९ करोड माथिको मुद्दा दाएर गरेको छ ।
गच्छदार सहित १७५ जनाको नाममा आयोगले विशेष अद्लातमा मुद्दा दायार गरेको हो ।गच्छदारविरुद्ध परेको मुद्दाको जानकारी अख्तियारले संसद सचिवालयलाई गराएसँगै सचिवालयले सूचना जारी गरेको हो।
गच्छदारलाई राजनीतिक पुर्वाग्रह गरेर फसाईएको भन्दै आज देखि कांग्रेसले आन्दोलन गरेको छ ।