लोभी आँखैमा पछि लक्ष्मी मल्लको धरोधरमा विध्यानास, ह्याट्रिक ,
माघ २५ ,काठमान्डौ – लोभी आँखैमा पछि चर्चित गायिका लक्ष्मी मल्लको ह्याट्रिक धरोधरमा विध्यानसमा देखिएको छ ।
हुन त गायिका लक्ष्मीका सबै गित चर्चाको शिखर चुम्न सफल छन तर पनि लोभी आँखैमा बोलको गितले उनलाई नेपालि गित संगीतमा थप चर्चामा पुर्यायो ।
जुन गितलाई २ करोड भन्दा माथिले हेरिसकेका छन् । तिनै गायिका लक्ष्मी मल्लले फेरी अर्को दर्शकको मन जित्ने गित धरोधरमा विध्यानास स्वर भरेकी छिन ।
साथमा चर्चित आधुनिक गायक प्रमोद खरेलले पहिलो पटक लोक दोहोरि गितमा आवाज दिदा दर्शक छक्क परेको प्रतिक्रिया दिए ।
जबकि आधुनिक गित गाउनेले लोकदोहोरी पनि यति राम्रो गाउन सक्छ र ? बहुप्रतीभाका धनि गायक गायिकाले यो गितबाट दर्शकको मन जित्ने पक्का भएको छ ।
गितलाई चर्चित संगीतकार श्री कृष्ण बम मल्लले संगीत गरेका हुन् भने गितमा कृष्ण केसीको शब्द रहेको छ।
योगेश काजिको एरेञ्जरलाई राग स्टुडियोमा गायक गायिकाको स्वर भरिएको हो ।पछिल्लो समय यता राग स्टुडियो निकै चर्चामा परेको छ ।
गितको निर्देशन कोरियोग्राफर शिब बिकले गरेका हुन् ।उनले निर्देशन गरेका सबै गितले बजार पाउछन ।
गीतमा नायक पल शाह र बेनिशा हमालको उट्क्रिस्ट नाच हेर्न सकिन्छ भने संगीतकार बम मल्ल पनि विध्यानस भन्दै बीच ..बिचमा भिलेन देखिन्छन ।
उत्सभ दाहालको क्यामेराले खिचिक्क खिचेको यो भिडियोलाई ईण्टेन्स ईएलडले सम्पादन गरेका हुन् भने सुप्रिम प्राजुलीले कलर गार्डिङ्ग गरेका हुन् ।
आफ्नो मनले गितलाई बजारमा ल्याएको हो ।यो हेर्नुहोस भिडियो ,