प्रहरीले रिक्सा चालकलाई बेहोस हुने गरि कुट्यो आफै अस्पताल लग्यो ,
माघ २५ ,वुटवल – वुटवलमा प्रहरीले विधुतिय रिक्सा चालक भवन सिंजाली मगरलाई कुटपिट गरेको छ ।कुट्पिटबाट उनि सक्त घाईते छन् ।
ब्लुबुकको बिषयमा विवाद हुँदा बुटवलको राजमार्ग चौरहा बिटमा कार्यरत प्रहरी बीपी जीसीसहित तीजना प्रहरी मिलेर आफूलाई कुटपिट गरेको घाइते सिंजालीले बताए ।
सडकमा रिक्सा चलाईरहेका सिंजाली लाई प्रहरीले ब्लुबोक मागेको र ब्लुबुक नभएको रिक्सा चालकले लाईसेन्स दिदा प्रहरीबीच विवाद भएको थियो ।
विवाद पछि प्रहरीले बिटमा ल्याई अन्य दुई जना प्रहरीसमेत मिलेर कुटपिट गरेको र ४४ वर्षीय सिंजाली बेहोस अवस्थामा रहेको उनले पत्त पाएनन ।
सिन्जालिले भने मलाई प्रहरीले कुट्दा मा बेहोस भएछु कतिखेर अस्पताल ल्याएछ मलाई थाहा भएन उनले भने ।
सिंजालीको अहिले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।चालकमाथि कुटपिट गरेपछि बुटवलका ई-रिक्साचालकहरुले वडा प्रहरी कार्यालय रामनगर घेराउ गरेका छन् ।
कुटपिटमा संलग्न प्रहरीमाथि छानवीन गरी विभागीय कारबाही र सिंजालीको उपचार गरिदिनुपर्ने रिक्सा चालकहरुले माग गरेका छन् ।
चालकमाथि कुट्पिट गर्ने प्रहरीमाथि कारबाही गरिने इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी भीमलाल भट्टराईले बताए ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय उपाध्यक्ष ध्यानबहादुर राईले ई रिक्सा चालक स्वरोजगार मजदुरमाथि प्रहरीले बिटमै ल्याएर कुटपिट गर्नु ज्यादती भएको बताए ।
उनले दोषी प्रहरीमाथि कारवाही नभए कानुनी उपचारका लागि अदालत जाने बताए ।