दाङमा चट्याङले तीनको मृत्यु,

माघ २५ ,दाङ्ग – दाङमा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानपालिका वडा नम्बर ७ नवलपुरमा दुई र घोराही उपमहानगरपालिका वडा ११ हापुरमा एक जनाको मृत्यु भएको हो।

चट्याङले लागेर गम्भीर घाइते चौधरीकी ७ वर्षीया छोरी सृष्टि चौधरी र सोही ठाउँकै ५४ वर्षीया लक्ष्मी आचार्यको उपचारका क्रममा राप्ती लाइफ केयर अस्पताल तुलसीपुरमा मृत्यु भएको छ।

घरको आँगनमा खेल्दै गरेका सूर्यबहादुरका आठ वर्षीय छोरा ताराबहादुर देव पुरीको उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लैजाने क्रममा बाटोमै मृत्यु भएको दाङका प्रहरी प्रमुख एसपी जनक भट्टराईले जानकारी दिए।