कांग्रेसले भोलि अख्तियारको कार्यालय अगाडी विरोध प्रदर्शन गर्ने ,

माघ २५ ,काठमान्डौ – नेपालि कांग्रेस भात्रीसंगठन नेविसंघले भोलि पनि विरोध प्रदर्शन गर्ने भएको छ ।

कांग्रेस उपसभापति विजयी गच्छदारलाई राजनीतिक पूर्वाग्रही गर्दै ललिता निवास प्रकरणमा फसाएको भन्दै हिजो शुक्रबार माईतिघर मण्डलामा विरोध गरेको नेविसंघले भोलि पनि विरोध प्रदर्शन गर्ने बताएको छ ।

नेविसंघले अख्तियार दुरुपयोग आयोगको कार्यालय अगाडी र माईतिघर मण्डलामा विरोध प्रदर्शन गर्ने बताएको हो ।

lekbesi

सरकारले आफ्ना नेता गच्छदारलाई फसाईएको र आफ्नो सरकार भित्रका नेता कार्यकर्तालाई जोगाएको भन्दै राजनीतिक पूर्वाग्रही गरेको भन्दै हिजो देखि आन्दोलन सुरु गरेको छ ।

वालुवाटार जग्गा ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७५ जनामाथि विशेष अदालतमा भ्रस्टचारको मुद्दा दाएर गरेको छ ।

गच्छदार विरुद्द अख्यितार दुरुपयोग अनुसन्धान आयोगले ९ करोड माथिकोबिगो दाबि गरेको छ ।

गच्छदारविरुद्ध परेको मुद्दाको जानकारी अख्तियारले संसद सचिवालयलाई गराएसँगै सचिवालयले सूचना जारी जारि गर्दै गच्छदारको सांसद पद निलम्वित भएको सुचना जारि गरेको छ ।