नेपालि कांग्रेसले आज पनि संसद अवरुद्द गर्यो ,

नेविसंघको आजपनि माईतिघरमा विरोध प्रदर्शन ,

माघ २६ ,काठमान्डौ – विपक्षि दल नेपाली कांग्रेसले आजपनि प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेस नेता पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा लगाएकोभन्दै कांग्रेसले तेस्रो दिन संसद अवरुद्ध गरेको हो ।

कांग्रेसको अवरोधपछि सभामुख अग्निप्रसाद सापकोटाले माघ २८ गतेसम्मका लागि बैठक स्थगित गरेका छन् ।

कांग्रेसले गत शुक्रबारको प्रतिनिधिसभाको बैठकपनि अवरुद्द गरेको थियो ।

तेस्तै सरकारको ईसारामा अख्तियारले आफ्ना नेता गच्छदारलाई फसाएको भन्दै नेवि संघले आजपनि माईतिघर मण्डलामा विरोध प्रदर्शन गरेको छ ।