तरुण दलको माईतिघरमा प्रदर्शन ,
माघ २६ ,काठमान्डौ – नेपालि कांग्रेसको भ्रातृ संगठनहरूले आज पनि सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।
मातृ पार्टीको निर्देशनबमोजिम कांग्रेसका भ्रातृ संगठनहरूले नेपाल तरुण दलको संयोजनमा सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।
उपसभापति विजयी गच्छदारलाई सरकारको ईसारामा अख्तियारले मुद्दा दाएर गरेको भन्दै नेपालि कांग्रेसले सदन र सडकबाट आन्दोलन गरेको छ ।
कांग्रेस पार्टी संसदीय दलका उपनेता विजयकुमार गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा ९ करोड भन्दा माथिको बिगी सहित भ्रष्टाचार मुद्दा दायर गरेको छ भने अन्य १७५ जनामाथिमा पनि आयोगले मुद्दा दाएर गरेको छ ।
कांग्रेसका भ्रातृ संगठनहरूले अख्तियारले विभेद गरेको भन्दै माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म सरकार र अख्तियारविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।
प्रदर्शनपश्चात माईतिघरको आयोजित कोणसभालाई नेपाल महिला संघकी अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य उमा रेग्मी, तरुण दलका अध्यक्ष जितजंग बस्नेत, कोषाध्यक्ष विद्वान् गुरुङ र नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष राजीव ढुंगानाले सम्बोधन गरेका हुन् ।
कांग्रेसले आजपनि प्रतिनिधिसभा अवरुद्द गरेपछि सभामुखले २८ गते सम्मको लागि बैठक स्थगित गरेका छन् ।
संसद भित्र पसेकै भरमा बैठक अवरुद्द नगर्नपनि सभामुखले प्रतिपक्षि दल कांग्रेसलाई आग्रह गरेका छन् ।