चीनमा रहेका नेपालि लिन बुधबार सम्म विमान पठाईने ल्याएपछि खरिपाटिमा राखिने ,

माघ २६ ,काठमान्डौ – चीनमा रहेका नेपालिलाई लिन सम्भवत यो बुधबार विमान पठाईने पररास्ट्र मन्त्रि प्रदिप ज्ञवालीले बताएका छन ।

विद्यार्थीहरु लिन यहीँबाट स्वास्थ्यकर्मी सहितको विमान पठाईने स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

नेपाल ल्याउने विद्यार्थी र स्वास्थ्यकर्मीको लागि छुट्टै सुरक्षित कपडा व्यवस्था गर्नुपर्छ ।चीनको हुवाई प्रान्तको हुवान शहरबाट फैलीएको कोरोना भाईरसले अहिले विभिन्न देशमा महामारीनै फैलाएको छ ।

चीनमा कोरोना भाईरसबाट ८१३ जनाको ज्यान गैसकेको छ भने कोरोनाबाट स‌ंसारभर ३७ हजार ५ सय ५२ जना संक्रमित छन् ।

चीनमा रहेका नेपालिले आफुहरुलाई नेपाल फिर्ता गर्न माग गरेपछि सरकारले चासो देखाएको छ ।आज मानव अधिकार हरुलेपानी चीनमा रहेका आफ्ना नागरिकलाई नेपाल ल्याउन पहल गर्नुपर्ने माग राखेका थिए ।

सरकारलाई चीनमा रहेका नेपालीका अभिभावकहरुले बिहीबार स्वास्थ्य मन्त्रालय घेराउ गर्न समेत पुगेका थिए ।

सरकारले चीनबाट ल्याइएका नेपाली नागरिकको स्वास्थ्य अवस्था निगरानी गर्नका लागि ६० जना स्वास्थ्यकर्मी खटाउने भएको छ ।

आज एक पत्रकार सम्मेलनको आयोजना गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो कुराको जानकारी दिएको हो ।

उनीहरुलाई क्यारेन्टाइनमा राखेर निगरानी गरिने समेत मन्त्रालयले जनाएको छ ।त्यसका लागि ६० जना स्वास्थ्यकर्मीलाई माघ २७ गते (सोमबार) अभिमुखिकरण तालिम दिने तयारी समेत गरिएको छ ।

६० जना स्वास्थ्यकर्मीमा मेडिकल अफिसर, स्टाफ नर्स, स्वास्थ्य सहायक लगायत रहने समेत बताइएको छ ।

चीनबाट ल्याईएका नेपालि हरुलाई भक्तपुरको खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रका २ वटा भवनमा राखिने छ भने अन्य स्थानमा पनि सरकारले ठाँउ हेरिरहेको छ।