Simta
Simta
lekbesi

चीनमा कोरोनाबाट ६ हजार ५ सयले ज्यान गुमाउन सक्ने आसंका अहिले सम्म ९ सय ८ पुग्यो ,

६ हजार ५ सय जनाको अवस्था गम्भीर,

Gurvakot

माघ २७ ,काठमान्डौ – चीनमा कोरोना भाईरस बाट आइतबार मात्र ९७ जनाले ज्यान गुमाएका छन् ।

गत शनिबारपनि ८९ जनाको मृतु भएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको थियो ।

गत वर्षको अन्त्यबाट वुहानबाट शुरु भएको भाइरसको संक्रमणको अध्ययन गर्न विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एउटा टोलीलाई चीनमा नै खटाएको छ ।

lekbesi

तर चीनमा दैनिक जस्तो कोरोना संक्रमण बिरामीको मृतु हुने क्रम बढ्दो छ ।यो संगै कोरोना भाईरसबाट मृतु हुनेको संख्या ९ सय ८ पुगेको हो ।

ज्यान गुमाउने अधिकांश वुहान र हुबेई प्रान्त आसपासका रहेका छन् । जसमध्य एक जना फिलिपिन्स र एक जना हङकङका छन्।

कोरोना भाइरस अहिले सम्म देशमा फैलीएको पुस्टि भएको छ ।यस रोगबाट देशभर हालसम्म ४० हजार १ सय ७१ जना प्रभावित भएका छन् ।

तीमध्ये ६ हजार ५ सय जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। हालसम्म कोरोनाभाइरस लागेका ३ हजार ३ सय ४२ जना उपचारबाट निको भएका छन्।

धेरै राष्ट्रले आफ्ना देशका नागरिकलाई हुेबईबाट फिर्ता लगिसकेका छन् भने मुख्य एयरलाइन्सले चीनमा आफ्नो सेवालाई तत्कालका लागि बन्द गरेको छ ।

नेपालले पनि आफ्ना नागरिकलाई चीनको वुहानबाट फिर्ता गर्ने तयारि गरेको छ ।

नेपालिलाई लिन स्वास्थ्यकर्मी सहित वाइडबडी विमान फागुन ३ गते चीन जाने पर्यटन मन्त्रालयको विशेष श्रोतले जनाएको हो ।

Simta