पूर्व सचिव अर्जुन कार्कीकी श्रीमती अचेत अवस्थामा फेला उपचारको क्रममा मृतु कामदारको पनि मृतु ,

माघ २७ ,काठमान्डौ – आफ्‍नै घरको भान्छा कोठामा घाइते अवस्थामा फेला परेकी पूर्व सचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको उपचारको क्रममा सानेपास्थित स्टार अस्पतालमा निधन भएको छ ।

मुनाको टाउकोमा र घाटीमा गम्भीर चोट देखिएको प्रहरीले बताएको छ ।घरमा कामदार रहेका दाङका विजय चौधरीको पनि सानेपास्थित निवासमा मृत फेला परेका छन् ।

कामदारको शवमा कुनैपनि चोटपटक नलागेको तर शव फेला परेको स्थानमामाथि डोरी झुण्डिएको पाइएको छ ।

पुर्व सचिव अर्जुन कार्की बिहान पशुपतिनाथ मन्दिरमा पुजा गरेर फर्किदा दुवैलाई मृत फेला परेको बताएका छन् ।घटना अकरिब बिहान १० । ११ बजेको हुनसक्ने पनि प्रहरीले बताएको छ ।

कार्कीका एक छोरा र दुई छोरी रहेका छन् । दुवै छोरी बाहिर रहेका छन् भने १२ वर्षका छोरा स्कूलमा अध्ययनरत छन् । घटनाको समय छोरा पनि स्कूल गएको र उनलाई पुर्याउन अर्की कामदार किशोरी पनि घरबाहिर रहेकी थिइन् ।

प्रहरीले अहिले घटनास्थलको मुचुल्का उठाईरहेको छ ।महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईका अनुसार घटनाको विवरणबारे अनुसन्धान भईरहेको छ ।