पर्व सचिव कार्की पत्नीको हत्या गरिएको आसंका ,
माघ २७ ,काठमान्डौ – पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुनाको हत्या भएको प्रहरीले आसंका गरेको छ । हत्यामा कामदारको संलग्नता हुनसक्ने आशंका गरिएको छ ।
कामदारले भान्सामा रहेको पिर्का हिर्काएर हत्या गरि आफु पनि झुण्डीएको हुन्सक्ने घटनास्थलमा अनुसन्धान गरिरहेका अधिकृतहरुले बताएक छन् ।
कामदार दाङ्गका विजय चौधरी मृत फेला परेका थिए उनकों नजिकै डोरी फेला परेको थियो ।अर्ध अचेत अवस्थामा फेला परेकी मुनालाई उद्दार गरेर प्रहरीले सानेपास्थित स्टार हस्पिटल पुर्याएको थियो ।
तर केहीबेरमा चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।घटना हुँदा भने पुर्व सचिव अर्जुन कार्की पशुपति मन्दिर गएका थिए ।
उनि घरमा आउँदा उनले श्रीमती रगतले लत्पतिएको देखेका थिए भने कामदार मृत अवस्थामा फेला परेका थिए ।कार्कीका एक छोरा र दुई छोरी रहेका छन् ।
दुवै छोरी बाहिर रहेका छन् भने १२ वर्षका छोरा स्कूलमा अध्ययनरत छन् । घटनाको समय छोरा पनि स्कूल गएको र उनलाई पुर्याउन अर्की कामदार किशोरी पनि घरबाहिर रहेकी थिइन् ।अहिले अपराध स्थलमा फरेन्सिक विज्ञको टोली पुगेर अनुसन्धान थालेको छ ।