पुर्व सचिव पत्नीको हत्या कामदारले गरेको सिसिटिभी फोटेज यस्तो छ ,

माघ २७ ,काठमान्डौ – पुर्व सचिव अर्जुन कार्कीकि पत्नी मुना कार्कीको हत्या कामदारले नै गरेको खुल्न आएको छ । कामदारले पिर्का र कुर्सिले हिर्काएको सिसिटिभी फोटेजमा फेला परेको अनुसन्धानमा खटिएका अनुसन्धान कर्ताले जनाएका हुन् ।

प्रहरीका अनुसार सीसीटीभी फुटेजमा बिहान १० बजेर ८ मिनेटको समयमा चौधरी भान्सा कोठामा गएको र कार्की पछाडी फर्किएको बेला डोरीले घाँटीमा कसेर भुइँमा लडाएको देखिएको छ ।

२२ वर्षीय विजय चौधरी दाङ्का हुन् ,उनले कार्कीको घरमा सानै देखि कामगर्दै आईरहेका थिए । मुना कार्कीलाई विजयले पिर्काले टाउकोमा हिर्काएको र ढलेपछि कपालमा समाएर घिसार्दै ल्याएको र घाँटीमा थिचेर हत्या गरेको देखिन्छ ।

lekbesi

दुवैमा के रिसिब थियो भने भने अनुसन्धान भईरहेको अपराधस्थलमा खटिएका ललितपुर प्रहरी परिसरक अनुसन्धान अधिकृतले रंग दर्पणलाई बताए ।

उनले भने मुनालाई विजयीले पहिले पिर्काले हानेर हत्या गरेको र आफु झुण्डीएको बताए विजयीको शवमा कुनैपनि घाउ चोट छैन ।

मुना भने भान्छ कोठामा रगतले लतपत् अवस्थामा भेटिईकि थिइन् भने विजयी मृत अवस्थामा फेला परेका थिए ।

मुनाक श्रीमान् पुर्व सचिव अर्जुन कार्की बिहान मन्दिर गएको बेलामा यो घटना घटेको थियो ।कार्कीका एक छोरा र दुई छोरी छन् ।

दुवै छोरी बाहिर रहेका छन् भने १२ वर्षका छोरा स्कूलमा अध्ययनरत छन् । छोरा पनि स्कूल गएको र उनलाई पुर्याउन अर्की कामदार किशोरी पनि घरबाहिर गएको बेला उक्त घटना घटेको थियो ।

प्रहरीले हत्याको कारण खोज्दै विभिन्न व्यक्तिसँग वयान लिने क्रम जारी राखेको छ ।अपराधस्थलमा फरेन्सिक विज्ञको टोलीले पनि अनुसन्धान गरिरहेको छ ।