ईमान्दार ट्याक्सी चालक फेला परेको १३ तोला सुन फिर्ता गर्दा सिक्री उपहार ,

माघ २७ ,काठमान्डौ – ट्याक्सी चालकले आफ्नो ट्याक्सीमा फेला परेको १३ तोला सुन ,ल्याप्टप ,सहित केहि महत्वपुर्ण कागजाज फेलापारी सकुसल फिर्ता गरेका छन्।

ट्याक्सी चालक नबिन सिग्देल सोमबार लाजिम्पाटबाट साढे १ बजे थापाथली चोकसम्म यात्रु लजादै गर्दा यात्रु लक्की रिजालको सामान छुटेको थियो ।

ट्याक्सीमै छाडेको सामान बा २ ज ४०७१ नम्बरको ट्याक्सीका चालक सिग्देलले ट्राफिक प्रहरी महाशाखामा लगेर बुझाएका थिए ।

तेस्पछि रिजालको सामान प्रहरीबाट हातमा पाए ।भर्खरमात्र अमेरिकाबाट आएकि रिजाल कामको लागि लाजिम्पाट गएको र थापाथलीमा रहेको युरो किड्समा छोरालाइ भेट्न जाँदा झोला ट्याक्सीमै छोडेको बताईन ।

पछि प्रहरीबाट फोन आएपछि गएर आफ्नो सामान लिएको बताईन ।अमेरिकाबाट अरुको समान ल्याएर आएको हुनाले र हराएको सामान फेला पर्दा खुसि हुँदै ट्याक्सी चालक सिग्देललाई सिक्री उपहार दिएको पनि बताईन ।

अन्तमा उनले भनिन हामि हतारमा रहेको हुँदा आफै झोला लिन भुलेछौ ट्याक्सी चालक ईमान्दार रहेको हुनाले सामान फेला पनि पर्यौ उनले भनिन ।