वैदेशिक रोजगारमा पठाईदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ,

माघ २७ ,काठमान्डौ – वैदेशिक रोजगार पठाईदिन्छु भन्दै ठगि गर्ने ब्याक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

सोलुखुम्ब दुधकौशि २ गैह्रीका वर्ष ४० को बाल कृष्ण कार्कीलाई हिजो २६ गते प्रहरीले पक्राउ गरि आज सार्वजानिक गरेको हो ।

कार्की हाल भक्तपुरको लोकन्थलीमा बस्दै आईरहेका थिए । रोजगारको सिलसिलामा उनले कतार ,माल्दिभ्स देशहरुम पठाईदिन्छु भन्दै विभिन्न ब्याक्तिबाट ८ लाख लगेर फरारहेको अवस्थामा यस महाशाखाबाट खटिएको प्रहरी टोलीले कार्कीलाई पक्राउ गरेको थियो ।

विदेश पठाईदिन्छु भन्दै कार्कीले लामो समयबाट नपठाई ठगि गरि सम्पर्क विहिन रहेको भनि दिलिप कुमार शर्माले जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेको थियो ।

कार्कीलाई थप अनुसन्धानको लागि काठमान्डौ टेकुमा राखेर अनुसन्धान अगाडी बढाईएको महानगरीय अपराध माहाशाखाले जनाएको छ।