त्रिभुवन विमानस्थलको कफी सपमा आगलागी ,
केहि समयका लागि एयरपोर्ट बन्द ,
माघ २७ ,काठमान्डौ – त्रिभुवन विमानस्थलको कफी सपमा आगलागी भएको छ ।अन्तर्राष्ट्रिय टर्मिनलको कफी सपमा आगलागी भएको हो ।
प्रारम्भिक अनुसन्धानमा विधुत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान छ । नगर प्रहरीको दमकल पुगेर नियन्त्रणमा लिने प्रयास गरिरहेको काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले बताए ।
विमानस्थलको कफी सपमा आगलागी भएपछि केहि समयको लागि एयरपोर्ट बन्द गरिएको छ ।