मनिषाको मृत्यु झुण्डिएर भएको पृष्टि,प्रेमीले पाय सफाई ,,

१३ चैत, नवलपरासी – राष्ट्रिय फुटबल खेलाडी विमल घर्ती मगरकी बहिनी मनिषा घर्ती मगरको हत्यामा आरोपित आशिष भनिने रुद्रनारायण चौधरीलाई अदालतले सफाई दियको छ।

विसं २०७३ जेठ १३ गते बिहान मनिषा आफ्नै घर बर्दघाट–८ मा मृतावस्थामा भेटिएपछि उनकै प्रेमी आशिषले उनको हत्या गरेको भन्दै नवलपरासी जिल्ला अदालतलमा मुद्दा दायर भएको थियो ।उनका प्रेमी भनियका रुद्रनारायण चौधरीलाई प्रहरीले आशंकामा पक्राउ गरि छानबिनको लागि चौकीमा राखेको थियो ,

लामो समयको अनुसन्धान पछि मनिषाले आफै झुण्डियर आत्महत्या गरेको पुस्टि भयको छ शव परीक्षण प्रतिवेदनमा पनि चिकित्सकले उनको मृत्यु झुण्डिएरै भएको उल्लेख गरेका छ, मनीषाको मृतुपछि आशिषलाई पक्राउ गरि २१ दिनको लामो अनुसन्धान गरि घटनास्थलमा फेलापरेका प्रमाणका आधारमा ज्यानमारा मुद्दा दायर गरि आजीवन जेल चलानकोमुद्दा दायर गरेको थियो ।प्रेम प्रेमिका बीच मोबाइलमा भएको कुराकानी, कलरेकर्ड र मोबाइल म्यासेसमार्फत भएको कुराकानीलगायतका विषयमा अनुसन्धान गर्दा उनीहरुबीच प्रेम सम्बन्धको विषयलाई लिएर झगडा भएको प्रहरीले बताएको थियो ।

जिल्ला न्यायाधीश रितेन्द्र थापाको इजलासले गरेको फैसलामा आशिषमाथि लगाइएको हत्याको आरोप प्रमाणित हुन नसकेको र मनिषाको मृत्युको कारण झुण्डिएर नै भएको उल्लेख गरिएको छ ।अदालतले पुर्पक्षका लागि कारागारमा रहेका आशिषलाई थुनामुक्त गर्न आदेश पनि दिएको जिल्ला अदालतका कर्मचारी काशीराम ज्ञवालीले जानकारी दिएका छन् ।