सञ्चारमाध्यमहरुले समाचारमा सम्बोधन गर्ने जानेनन ,मिस्टर र मिसमा लागेका छन् ,
माघ २८ ,काठमान्डौ- सञ्चारमाध्यमहरुको समाचारमा प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि जनाएका छन् ।
‘समचारमा हजुर, तपाईं’ जस्ता आदरार्थी शब्द हटाउने नियोजित प्रयास भइरहेको बताएका हुन् ।
सिंहदरबारस्थित गृह मन्त्रालयमा मंगलबार आयोजित ७० औं प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै ओलीले यस्तो धारणा राखेका हुन् ।
तेती मात्र नभई नेपालीले अंग्रेजीको सिको गरेर कसैलाई तपाई भन्दा आफु अपमानित भएको ठान्ने गरेको बताए ।
नेपालीको आफ्नो भाषा ,मर्म र पचिचान छ तर नेपालीले तेस्लाई भुलेर अंग्रेजी शब्द प्रयोग गर्ने यु भन्ने र आफु भन्दा ठुलालाई त तिमि भन्ने गरेको उनले बताए ।
हाम्रो भाषा भनेको हजुर हो तर हजुर भन्दा सञ्चारमाध्यमहरु आफुले आफुलाई सानो भएको ठान्छन ।
हाम्रा सञ्चारमाध्यमहरु अंग्रेजीको कपि गर्ने मिस्टर ,मिस भनेर बोलाउदा आफुलाई राम्रो लाग्ने गरेको ठान्छन ।हाम्रो नेपालि सभ्यता र संस्कृतिमाथि सञ्चारमाध्यमहरुबाट निरन्तर हमला भएको समेत बताएका छन् ।
‘तपाई भन्ने शब्द आदरार्थी शब्द व्यवहार त्यो समाजबाटै हटाउने सुनियोजित प्रयास भएको छ ।
लहलहहैमा लागेर आफ्नो विनम्रता र शालीनतामाथि हमला गरिरहेको प्रधानमन्त्री ओलीले बताएका हुन् ।जसलाई सुधारेर जान पनि ओलीले आग्रह गरेका छन् ।