भ्रष्टाचारी नै भ्रष्टाचारबारे चर्को बोलिरहेका छन्, -प्रधानमन्त्री ओली
घोसोमुन्टो लगाएर हिड्ने बनाउछु
माघ २८ ,काठमान्डौ – सरकारले संवैधानिक निकायलाई स्वतन्त्रतापूर्वक काम गर्न दिएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।
ललिता निवास जग्गा प्रकरणमा सरकारको आदेशमा अख्तियारले मुद्दा लगाएको भन्दै कतिपय कराउदै गरेको सुनिन्छ ।
तर सरकारले भने अख्तियारलाई आदेश नदिएको र संवैधानिक निकायलाई सरकारले हस्तक्षेप गर्ने कुरै नभएको पनि उनले बताए।
संवैधानिक निकायलाई स्वतन्त्रतापूर्वक काम गर्न दिइएको छ।’सरकारले अख्तियारलाई आदेश दियो भनेर मान्छेमा भ्रम छर्ने कोसिस भएको छ।
मंगलबार हलचोकस्थित सशस्त्र प्रहरी मुख्यालयमा अख्तियार अनुसन्धान दुरुपयोग आयोगद्वारा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो प्रतिक्रिया दिएका हुन् ।
भ्रस्टाचार गर्ननदिने र आफुले पनि नगर्ने ओलीले बताएका हुन् । भ्रष्टाचार नभए देश बन्ने तर भ्रष्टाचार हुँदा मुलुकको आधा प्रतिफल भ्रष्टचारले खाने उनकोभनाइ थियो।
ओलीले अगाडी भने भ्रस्टाचार गर्ने हरुनै चर्को स्वरले बोलेका छन् ।सदाचारिता भ्रस्टाचार गर्ने अनि घोसोमुनटो लगाउने र लुकेर हिड्नेहरुनै देशमा चर्को स्वरले बोल्ने गरेको देखिन्छ ।
तेती मात्र हैन भरस्टचार गरेकालाई बचाउनु पर्छ भन्दै आन्दोलन गरेको समेत देखिन्छ ।यस्तो कदापी हुन नदिनेपनि ओलीले बताए ।