सिन्धुपाल्चोकमा भेटियो कोरोनाको आसंका एक सय बढी बिरामी ,

माघ २९ ,काठमान्डौ – सिन्धुपाल्चोकमा कोरोना संग मिल्दा जुल्दा बिरामी फेला परेका छन् ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ गुम्बाबस्तीमा एक्कासी मानिसमा रुघा खोकी ,जोरोका बिरामी देखिएपछि कोरोनाको आसंका गरिएको छ ।

यति धेरै बिरामी एक्कासी देखिएपछि गाउँपालिकाले रोगको पहिचान गरिदिन आग्रह गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेको छ ।

गत सोमबार यस्ता बिरामी फेलापरेपछि गाँउपालिकाले मंगलबार यसको पहिचान गरिदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेको हो ।

सिन्धुपाल्चोक छिन् संग जोडीएको नाकामा पनि पर्छ ।चीनमा अही कोरोनाको महामारी छ जसमा ४० हजार भन्दा बढीमा यो भाइरस संक्रमण छ भने ९ सय बढीको ज्यान गैसकेको छ ।

यस अघि पनि नेपालले चीनसंग जोडीएका नाका रसुवा गढी तातोपानी भन्छर बन्द गरेको छ।