नयाँवानेश्वर र महाराजगंजको चोकमा बल्यो आजबाट ट्राफिक बत्ति ,ट्राफिकलाई हट्यो झन्झट ,
१३ चैत, काठमाडौं – अब ईसरा गरेर सवारी व्वस्थापन गर्नपर्ने ट्राफिक प्रहरीको बाध्यता हटेको छ, मंगलबार अपरान्हबाट नयाँबानेश्वर चोकमा ट्राफिक लाइट बल्न थालेपछि उनीहरूको काम सहज भएको छ ।
चोक चोकबाट सवारी रोक्दै अर्कोतर्फको पास गराउने नियमित कर्ममा आधादर्जन ट्राफिकको व्यवस्ता यो चोकका लागि नियमित नै हो र सभैभन्दा बडी ट्राफिक प्रहरी पनि खटाईयको छ आज देखि सडक विभागले परिक्षनको लागि लाईट बालेको हो यो कार्य राजधानी भरि केहि महिनामा पुरा गर्ने सडक बिभागको योजना छ ।
आज देखि नयाँबानेश्वर चोकमा सवारीहरु पनि लाइट हेरेरै चोकमा रोकिन थालेका छन् । पैदलयात्रुले पनि लाइटले गर्ने संकेतकै आधारमा सडक क्रस गर्न थालेका छन् ।राजधानीको सबै भन्दा बडी व्यस्तसडक मानिने साथै आकाशेपुल पनि नहुँदा पैदलयात्रु लाई सडक पार गर्न निकै कठिन हुने गरेको थियो तर आज देखि सहज हुने ट्राफिक प्रहरी ले जनायको छ ।
साथै आज देखि महाराजगञ्जको मुख्य चोकमा पनि ट्राफिक लाइट सञ्चालनमा आएको छ ।
