सल्यानमा नेपालि सेनाको गाडी दुर्घटना एकको मृतु ६ घाईते ,

माघ २९ ,काठमान्डौ – सल्यानको चोरखालमा नेपाली सेनाको गाडी दुर्घटनामा अपरेको छ ।

सल्यानको कपुरकोट बाट वुटवल आउदै गरेको लु १ ग १२३ नम्वरको गाडी दुर्घटना हुँदा नेपाली सेनाका जवान २९ वर्षीय यादवराज ढरेलको मृतु भएको हो ।

दुर्घटनामा परि ६ जना घाईते भएको प्रहरीले बताएको छ । कपुरकोट गाउँपालिका वडा नम्वर ३ चोरखोलामा सबुज गणको गाडी दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

lekbesi

दुर्घटनामा परी मेजर ईश्वर सिलवाल ,जवान रोशन हिटन, हवल्दार जय प्रकाश बोहोरा, मोहन बहादुर थापा, विशाल गुरुङ, विपिन श्रेष्ठ घाईते छन् ।

दुर्घटनामा घाइते भएका सबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको प्रहरी निरीक्षक हरिहरनाथ योगीले जानकारी दिए ।घटनाको थप विवरण आउँन बाँकी छ ।