चितुवाको छाला र भालुको पित्त सहित दुई जना पक्राउ ,

माघ २९ ,काठमान्डौ – संरक्षित वन्यजन्तु चितुवाको छाला र भालुको पित्त सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सुचनाको आधारमा काठमान्डौ तार्केस्वर ४ पुरानो गुहेश्वरीमा अवैध वन्यजन्तु चितुवाको छाला र भालुको पित्तको कारोबार हुन लागेको खबर पाएपछि

महाशाखाको विशेष प्रहरी टोलीले उक्त स्थानमा पुगेको थियो ।

उक्त स्थानमा शाखाको टोलिले खोजतलास गर्दा उनिहरुले बिक्री गर्ने उदेश्यले साथमा बोकिराखेको चितुवाको छाला १ थान र भालुको पित्त १ थान बरामद गरेको हो ।

पक्राउ पर्नेमा नुवाकोट बेलकुट नगरपालिका मजुवा २५ का विकास तामाङ र नुवाकोट ककनी ४ निगालि वर्ष २१ का सुवास लामा रहेका छन ।

पक्राउ परेका उनिहरुलाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन-२०२९ अन्तर्गत आवश्‍यक अनुसन्धान भई रहेको प्रहरिले बताएको छ ।