यो हो १२ लाखको कछुवा,
माघ २९ ,काठमान्डौ – दुर्लभ वन्यजन्तु ३४ वटा कछुवासहित ललितपुर पुल्चोक २९ हरिसिद्दी गुमोजका डेबिट महर्जनलाई प्रहरिले पक्राउ गरेको छ।
अवैध रुपमा ल्याईएका कछुवा १२ लाखमा बेच्न लागेको गोप्य सुचनाको आधारमा प्रहरिले खोजतलास गर्दा उन्लाई ललितपुर लाबिम मलबाट उन्लाई पक्राउ गरेको बताएको छ ।
डेबिटको शरीर खान्तलास गर्दा उन्को Aquarium 3 in 1 more Functions लेखिएको निलो सेतो रङको कागजको बट्टाभित्र अबैध बन्यजन्तु ३४ वटा कछुवा प्रहरीले बरामद गरेको बताएको छ ।
पक्राउ परेका निजलाई आबश्यक कारवाहीको लागि जिल्ला बन कार्यालय हात्तीबन ललितपुर पठाईएको प्रहरीले बताएको हो ।