ईटाली पठाईदिन्छु भनि रकम ठगी गर्ने दुई जना पक्राउ,

माघ २९- वैदेशिक रोजगार शिलशिलामा ईटालि पठाईदिन्छु भनेर फरार रहेका दुई जना ब्याक्तीलाई माहाशाखाको टोलिले पक्राउ गरेको छ ।

उनीहरुले लालितपुरको हरिहर भवन स्थित Re-Life Education and Consultancy Pvt।Ltd.को संचालाक बताउदै ईटाली पठाउने प्रलोभनमा ६ लाख नगद लागि फरार रहेका थिए ।रहेका उनिहरुलाई महाशाखाको टोलिले उनिहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा नवलपरासी पश्‍चिम प्रतापपुर गाँउपालिका ३ वरगदवाका हाल काठमाडौ किर्तिपुर बस्ने वर्ष २३ का कृष्‍ण चौधरी नवलपरासी पश्चिम् बर्दघाट ५ वन्डाखोला हाल काठमाडौ बालाजु बस्ने वर्ष २६ का हिमाल चौधरी रहेका छन ।

पर्वत कुश्मा १४ का हाल काठमाडौ चन्द्रागिरी बस्ने दिनेश पौडेललाई ईटाली पठाईदिने भन्दै रकम लगेर लामो समयबाट फरार रहेको अवस्थामा महाशाखाको टोलिले उनीहरुलाई पक्राउ गरेको हो ।

कृष्ण चौधरीलाई किर्तिपुर र हिमाल चौधरीलाई काठ्मान्डौको नयाँबजारबाट पक्राउ गरि महाशाखाको टोलिले थप अनुसन्धानको लागि महानगरिय प्रहरी परिसर जावलाखेल ललितपुर पठाएको जान्कारी दिएको छ ।