सेन्टी भाइरसको प्रोमोशनल गर्दा दुई पार्टीको हानाहान ,

फागुन ९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र सेन्टी भाइरस’को प्रमोशनल गीतको छायांकन सकिएको छ ।

जनस्तरबाट निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला परिसरमा गीतको छायांकन गरिएको हो ।

रंगशालामा गित छायांकन गर्दा प्रचार-प्रसारमा सहयोग पुग्ने हिसाबले ‘पार्टी जिताइदे’ बोलको गीत तयार गरिएको हो ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु कुन्जना घिमिरे, सन्दिप क्षेत्री, विल्सन विक्रम राईलाई फिचर गरिएको छ ।

सुविहानी फिल्मस्’को व्यानारमा धुर्मुस-सुन्तलीले निर्माण गरेको चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । गितलाई भने दिपक आचार्य काकुले निर्देशन गरेका हुन् ।

दीपक आचार्य ‘काकु’ निर्देशित भिडियोमा राजनीतिक पार्टीको प्रचार र दुई पार्टीको झै-झगडालाई देखाइएको छ ।

गितमा हाल नेपालको राजनीतिमा चलेको रित दुई पार्टीमा हुने झैझगडालाई देखाईएको छ ।

चलचित्रलाई भने दीपक आचार्य र कुमार कट्टेलले लेखेका हुन् ।चलचित्रमा शंकर थापा स्माइल, राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत सुन्न सकिन्छ ।

शैलेन्‍द्र डि कार्कीले खिचेको चलचित्रलाई निमेश श्रेष्ठले सम्पादन गरेका हुन् । चलचित्रमा डिन्डु लामा ह्योल्मोको लगानी रहेको छ भने फूर्पा लामा सह-निर्माताको रुपमा छन् ।

चलचित्रको आम्दानीबाट आधा प्रतिशत नाफा निर्माण भैरहेको ‘क्रिकेट रंगशाला’ खर्च गरिने बताइएको छ । चलचित्रमा कुन्जना घिमिरे, सिताराम कट्टेल ‘धुर्मुस’, बुद्धि तमाङ सन्दिप क्षेत्री, विल्सन विक्रम राईको अभिनय रहेको छ ।