ललिता निवास प्रकरणमा माधव नेपाल र बाबुराम भट्टराईलाई भ्रष्टाचार मुद्दा चलाउन सर्वोच्चमा रिट दायर,
माघ २९ ,काठमान्डौ – ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र बाबुराम भट्टराईलाई भ्रष्टाचार मुद्दा चलाउन सर्वोच्चमा रिट दायर भएको छ ।
वालुवाटार स्थित ललिता निवास जग्गा प्रकरणमा तत्कालिन प्रधानमन्त्री नेपाल र भट्टराईसमेत जोडिएको आरोपमा उनीहरुलाई भ्रष्टाचार मुद्दा चलाउन माग गर्दै रिट दर्ता भएको हो ।
वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सरकारी जग्गा व्यक्तिको नाममा सार्ने निर्णय गर्ने मन्त्रिपरिषदका प्रधानमन्त्रीसहित सबै मन्त्रीलाई भ्रष्टाचार मुद्दा लगाउन माग गदै बुधबार रिट दर्ता गराएका छन् ।
अधिवक्ता न्यौपानेले मन्त्रिपरिषदले गरेका सबै निर्णय नीतिगत हुने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ब्याख्या गलत भएको दाबी समेत रिटमा गरेका छन् ।
अख्तियारले १७५ जनाको नाममा विशेष अदालातमा भ्रस्टाचारको मुद्दा दाएर गरेको छ जसमा नेपालि कांग्रेसका उपसभापति विजय गच्छदारको पनि नाम परेको छ ।यो संगै गच्छदार सांसद पदबाट निलम्वित समेत भएका हुन् ।
ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्री द्वय माधव कुमार नेपाल र बाबुराम भट्टराईको पनि नाम मुछिएको तर उनीहरुलाई अख्तियारले मुद्दा दाएर नगरेको भन्दै सर्वोच्चमा रिट दायर भएको हो ।