नेपालि लिन ३ गते बाईबडि चीन जाने परिवार भेट्न नमिल्ने ,
माघ २९ ,काठमान्डौ – चीनको कोरोना भाईरस बाट प्रभावित हुबेई प्रान्तस्थित वुहान शहरमा रहेका नेपालीलाई लिन नेपाल वायुसेवा निगमको वाइडबडी विमान शनिबार दिउँसो पौने ३ बजे काठमाडौंबाट त्यसतर्फ जाने भएको छ ।
चीनबाट १ सय ८० नेपाली विद्यार्थीलाई नेपाल फिर्ता ल्याउन लागिएको हो ।चीनबाट नेपालि नेपाल ल्याएपछि नेपाली विद्यार्थीले क्वारेन्टाइनमा १४ देखि १७ दिनसम्म बस्नुपर्ने छ।
क्वारेन्टाइनमा रहँदा सम्म कसैले पनि आफ्नो परिवारलाई भेट्न नमिल्ने नियम छ । तेस्तै उनीहरुलाई बस्न र खान स्वास्थ्यउपचार ,शौचालय आवस्यक सबै कुराको तयारि पुरा भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।
खरिपाटिस्थित उद्दार गरेर ल्याइने १ सय ८० विद्यार्थीको लागि ६० वटा कोठा तयार पारिएको दूतावासले जनाएको हो भने ६ जनाको समुहमा राखिने पनि बताईएको छ ।
वाइडबडी विमान शनिबार नेपाल वायुसेवा निगमका तीन जना पाइलट, ६ जना क्याबिन क्रू, १ जना इन्जिनियर, १ जना प्राविधिक, १ जना फ्लाइट डिस्प्याचर,१ जना लोड मास्टर र ४ जना नेपाली सेनाका चिकित्सक चीन जाने छ ।
चीन जाने टोलीसहित निगमको विमानस्थलमा रहेका कर्मचारीहरुलाई नेपाली सेना र स्वास्थ्य मन्त्रालयका चिकित्सकले तालिम दिएका थिए ।
विमानस्थलमा कार्यरत कर्मचारीलाई बिहीबार तालिम दिँइदै छ।उक्त उडानपछि जहाज र चालकदल लगायतका निगमका कर्मचारीलाई कति घन्टा क्वारेन्टाइनमा राख्ने भन्नेबारे भने सरकारले विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड पालना गर्नुपर्ने हुन्छ।
स्वस्थ्य मन्त्रालयले बनाएको मापदण्ड प्रधानमन्त्री कार्यालयमा पेश भइसकेको बताइएको छ। चीनमा अहिले कोरोना भाईरसको महामारी छ जसबाट हजारको हाराहारीमा संक्रमित ब्याक्तिले ज्यान गुमईसकेका छन् भने ४० हजारमा कोरोनाको संक्रमण रहेको छ ।
चीनमा रहेका आ आफ्ना नागरिकलाई अन्य देशले पनि फिर्ता लागिसकेको छ भने नेपालले पनि आफ्ना नागरिकलाई फिर्ता ल्याउन लागेको हो ।
चीनमा रहेका कुनैपनि नेपालीमा कोरोना भाईरस फेला परेभने नेपालले नेपाल ल्याउने छैन ।
जसको लागि नेपालले पनि आफ्नो पूर्ण तयारि गरेको छ भने नेपाल ल्याउदा सरकारले सम्यन्ता गर्नपर्ने देखिन्छ ।