जनयुद्द दिवसको कार्यक्रममा प्रधानमन्त्री ओली गएनन ,

प्रधानमन्त्री ओली गत वर्ष पनि अनुपस्थित थिए ,

फागुन १ ,काठमान्डौ – महान जनयुद्दको आज ५ औ दिन नेकपा र भात्रीसंगठनले विभिन्न कार्यक्रम गरि मनाउदै छन् ।

नेकपाको केन्द्रिय कार्यालय धुबराहिमा आज आयोजना गरिएको श्रद्धाञ्जलीसभा कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहभागी छन् ।

तर प्रधानमन्त्री ओलीले भने सहभागी भएनन ।जनयुद्द दिवसमा प्रधानमन्त्री ओली पनि जाने कार्यक्रम रहेको थियो तर उनि उपस्थित भएनन ।

ओली अघिल्लो वर्षपनि जनयुद्द दिवसमा सहभागी थिएनन ।आज जनयुद्दको दिन नेकपाका भात्रीसंगठनले विभिन्न ठाँउमा कार्यक्रम गरि दिप प्रज्ज्वलन गरि मनाउदै छन् ।

आजै ११ बजे जनक्रान्तिका घाइते अपांग योद्धा संघले महाराजगञ्जस्थित रोयल पार्टी प्यालेसमा, जनसाँस्कृतिक महासंघले १ बजे पार्टी कार्यालय पेरिसडाँडामा र वेपत्ता योद्धा फाउन्डेशनले दिउँसो २ बजे जनपथ मावि कलंकीमा कार्यक्रम आयोजना गर्दैछन् ।

अनेरास्ववियूले पाँच बजे माइतीघर मण्डलामा दीप प्रज्ज्वलन गर्ने कार्यक्रम रहेको छ ।सस्त्र जनयुद्दमा १७ हजार भन्दा बढीले ज्यान गुमाएका छन् भने हजारौ अपाङ्ग छन् ।