जनयुद्दको नक्कल गरेर समाजवाद निर्धारण हुँदैन,

फागुन १ ,काठमान्डौ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धको नक्कल गरेर अब समाजवाद निर्धारण गर्ननसकिने बताएका छन् ।

जनयुद्दको बलमानै देशमा शान्ति प्रक्रिया हुदै मुलुक अघि बढेको प्रचण्डले बताएका हुन् ।

नेकपा केन्द्रीय कार्यालय धुम्रबाराहीमा ‘जनआन्दोलन र जनयुद्धका शहीदको स्मृतिमा आयोजित श्रद्धाञ्जलिसभा’मा अध्यक्ष प्रचण्डले जनयुद्ध र विद्रोह एक ऐतिहासिक तथा विशिष्ट परिस्थितिमा जनताको आवश्यकता र नेतृत्वको सही विचारका आधारमा हुने भएकाले अब जनयुद्धको नक्कल हुन नसक्ने बताएका हुन्।

उनले नेकपा नेत्र विक्रम चन्द विप्लवलाई संकेत गर्दै अब देशमा विद्रोह आवस्यक नभई शान्ति र विकासको आवस्यकता भएको हुँदा मिलेर अगाडी बढ्न पनि आग्रह गरे ।

केहि साथीहरु अझै जनयुद्दको नक्कल गरेर विद्रोहतिर लागेका छन् तर अब त्यो समय र परिस्थिति छैन अब देश शान्ति प्रक्रियामा गईसक्यो ।अब हामि विद्रोह जनयुद्द हैन मौलिक तरिकाको जनवादी क्रान्तिमा सामेल भएका छौ।

जनयुद्धलाई निरन्तरता दिएको भए हामी पेरु वा श्रीलङ्काको विद्रोहजस्तै सकिने थियौँ, हामीले कम्युनिष्टहरुबीचको सहकार्यसहित बुर्जुवाको साथ लिएर गणतन्त्र स्थापना गरेका छौँ प्रचण्डले भने ।

विश्व कम्युनिष्ट आन्दोलनका उपलब्धि र क्षतिका अनुभवबारे चर्चा गर्दै उहाँले क्रान्ति कुनै आयात या निर्यात गर्ने विषय नभएकाले यसलाई हरेक देशको ऐतिहासिक आवश्यकता र मौलिकताका आधारमा हेर्न आग्रह गरे।

अध्यक्ष प्रचण्डले कम्युनिष्टहरु सत्तामा पुगेपछि विचलन हुने रोगबाट माथि उठेर जनताको मनोभावनालाई आत्मसात् गर्दै त्याग, समर्पण र बलिदानको भावनाका साथ शान्तिपूर्ण सङ्घर्ष, विकास र समृद्धिबाट वैज्ञानिक समाजवादको दिशामा अघि बढ्न नेता-कार्यकर्तालाई आग्रह गरे।

माओवादीले विसं २०५२ फागुन १ गते गणतन्त्र स्थापनाको लक्ष्यसहित जनयुद्धको सुरु गरेको थियो।