असारमा मेलम्चीको पानि काठमान्डौमा मन्त्रि बिना मगर ,

मेलम्चीको पानिको विषयमा धेरैपटक जनता निरास छन्,

फागुन १ ,काठमान्डौ – मेलम्चीको पानि असार सम्म काठमान्डौ आईपुग्ने खानेपानी मन्त्रि बिना मगरले बताएकि छिन ।

सरकारले पटक पटक मेलम्चीको पानि काठमान्डौ उपत्यकामा ल्याईपुर्याउने भन्दापनि जनताको अगाडी चुकेको छ ।

मन्त्रि बिनाले यो भन्दा अगाडी पनि दसैँ अगाडी खानेपानी काठमान्डौ बासीलाई खुवाउने वाचा गरेकी थिइन् ,तर त्यो वाचा सफल हुन सकेन ।

मेलम्ची खानेपानीको काम सक्ने भनेर तोकिएको मिति अगावै ईटालियन ठेकेदार कम्पनी सीएमसीले काम नै छाड्यो ।

अहिले मलेम्चीको ठेक्का सरकारले चिनियाँ कम्पनी सीनो हाइड्रोलाई बाँकी काम गर्न जिम्मा दिएको छ ।

मेलम्ची खानेपानी आयोजनाको श्वेतपत्र सार्वजनिक गर्दै मन्त्री मगर र आयोजनासँग सम्बन्धित अधिकारीले असारमा मेलम्चीको पानी काठमाडौं आइपुग्ने गरी काम भइरहेको दाबी गरेकी छिन।

मन्त्रालयमा अबिहिबार पत्रकार सम्मेलन गर्दै असार मसान्तसम्म मेलम्चीको पानि काठमान्डौ उपत्यकामा ल्याउने बताएकि हुन् ।

सुन्दरीजल पोर्टलदेखि पानी प्रशोधन केन्द्र तथा वाग्मती नदीसम्मको आयोजनाको कामसमेत असार सम्ममा सम्पन्न गर्नेगरी भइराखेको उनले बताइन् ।

ठेकेदार कम्पनी सिनो हाइड्रोले सुरुङतर्फको जटिल मानिएको कामहरु तीब्र रुपमा अघि बढाएकाले लक्ष्यअनुसार आयोजना सम्पन्न हुन सक्ने उनको दावी छ ।

मेलम्चीको काम सम्पन्न गर्ने स्पिडमामेलम्ची आयोजना, ठेकेदार कम्पनी, कन्सल्ट्यान्ट लगायतका सम्पूर्ण टिमहरू लागिराखेका छौं ।

मेलम्चीको पानिको विषयमा धेरैपटक जनता निरास छन् तर अब हामि निकटमा छौ उनले भनिन ।

मेलम्ची आयोजनाको हाल सम्म ९४ प्रतिशत काम सम्पन्न भईसकेको पनि मन्त्रि बिनाले बताईन ।

आयोजनामा हाल सम्म २८ अर्ब १२ करोड रुपैयाँ बजेट खर्च भइसकेको मेलम्ची खानेपानी अयोजना विकास समितिका कार्यकारी निर्देशक तिरेश प्रसाद खत्रीले जानकारी दिए ।

मन्त्रि बिनाले श्वेतपत्र सार्वजनिक गरेपछि मन्त्रालयको टिमले विशेष ध्यान दिएको छ।