जनयुद्धका घाइतेलाई प्रचण्डले भने एनजीओको पछि नलाग्नुहोस ,

आफुहरु नेकपा अध्यक्ष ,गृहमन्त्री ,उपरास्ट्रपती,सभामुख हुँदा पनि परिचय पत्र दिन सकिनौ ,

फागुन १ ,काठमान्डौ – जनयुद्धका घाइतेलाई एनजीओको पछि नलाग्न नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आग्रह गरेका छन् ।

बिहीबार जनक्रान्तिका घाइते तथा अपाङ्ग योद्धा संघ नेपालको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै सशस्त्र विद्रोहका घाइते तथा अपाङ्गहरुलाई यस्तो बताएका हुन् ।

शान्ति प्रक्रियाको झन्डै १४ वर्ष भएपनि अझै जनयुद्दका काम कुरा हक अधिकार ,उपचार वेपत्ताका पिडाको कम हुन नसकेको पनि प्रचण्डले बताए ।

दुई तिहाईको सरकारमा आफु नेकपाको अध्यक्ष ,गृहमन्त्री ,उपरास्ट्रपति ,सभामुख हुँदा पनि घाईतेलाई परिचयपत्र बाँड्न र सहिद परिवारलाई सम्मान गर्न नसक्नु बिडम्बना रहेको पनि बताए ।

राहत व्वस्थापन उपचार हुन नसकेको समेत र क्षेत विक्षेत भएका हरुलाई छटपटी हुनुपनि स्वाभाविकै हो ।

सहमति सम्झौता भित्र ठुला चुनौती छन् ,दुई वर्षमा संबिधान कायम भयो । घाईतेलाई व्यवस्थापन देखि थुप्रै चुनौतीका छन्।

तर ति छिट्टै सहज बनाउने पनि प्रचण्डले बताए साथै जनयुद्दका घाईते अपाङ्ग नेकपाको भात्री संगठन रहेको उनले बताए।

उनले संक्रमणकालीन न्यायका मुद्दाहरु टुंग्याउने वातावरण बनेको पनि बताए । अहिले अन्तर्राष्ट्रिय समुदायमा पनि दुई थरी मत रहेको छ ।

,कतिपयले शान्तिप्रक्रिया नटुंगिओस्,खेल खेल्न पाइराखियोस् भन्ने र उद्योग चलाउन पाईन्छभन्नेहरु लागि परेका छन् ।

अब यो उद्योग राखिराख्न हुन्न र शान्ति प्रक्रियाका बाँकी काम छिटो टुंग्याउनुपर्छ भन्नेमा पार्टीहरु र सरकार सहमत भएको नेकपा अध्यक्ष प्रचण्डले बताए ।

हिजो कांग्रेस, पूर्वएमाले र पूर्वमाओवादीले एकअर्कालाई कमजोर देखाउन खोज्दा सत्य निरुपण र वेपत्ता आयोगमा ६४ हजारबढी मुद्दा परेका छन् ।

समझदारी भएको भए २ हजार, २५ सयमा झार्न सकिन्थ्यो तेसैले कतिपयले घाइते योद्धाहरुको सानोसानो टिम बनाउने, लिएर हिँड्ने र एउटा खेती गर्ने ।

तपाईहरुलाई चाहिँ कार्यक्रममा ख्वाइदियो, प्याइदियो । मोटो रकम चाहिँ चलखेल गर्ने आईएजीओवादीहरुले नै लिने उद्योग चलिरहेको छ’ अब तेस्को पछि नलाग्नुहोला प्रचण्डले भने ।

घाइते तथा अपाङ्गहरुलाई जे गर्नुपर्ने हो त्यो दलहरु मिलेर र सरकारले गर्नुपर्नेबताउदै छिट्टै परिचयपत्र, राहत प्याकेज दिइने आश्वासन दिनेपनि प्रचण्डले बताए ।

अहिले कतिपय देश र संस्थाहरु सरकारमार्फत सहयोग गर्ने तयार रहेको तर तेस्को मोटो हिस्सा आफुले पाईन्छ भन्ने दाउमा छन् ।

एक हजार घाइते तथा अपाङ्गलाई विदेश लैजाने र २०० जतिलाई तुरुन्तै लैजान्छौं भनेको भन्दै उनले जनक्रान्तिका घाइते तथा अपाङ्ग योद्धा संघ नेपालमार्फत ठोस प्रस्ताव लिएर आउन पनि आग्रह गरे ।