राष्ट्रियसभा सदस्य उपाध्यायको निधन,

फागुन २ ,वुटवल – राष्ट्रिय सभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएको छ ।लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नंं. १० निवासी उपाध्यायको ५० वर्षको उमेरमा क्यान्सर रोगका कारण शुक्रबार बिहान निधन भएको हो ।

आन्द्राको क्यान्सर रोगबाट पीडित उपाध्यायको आज बिहान ७ बजेतिर आफ्नै निवासमा मृत्यु भएको सोही क्षेत्रका कांग्रेस सांसद फखरुद्दिन खानले जानकारी दिए ।

उपाध्यायको चितवनस्थित भरतपुर क्यान्सर अस्पतालमा उपचारपछि घर फर्काइएको थियो ।

उपाध्याय २०७४ मा नेपाली कांग्रेसका तर्फबाट राष्ट्रिय सभामा निर्वाचित भएका थिए ।उपाध्याय प्रदेश नं ५ मा कांग्रेसका तर्फबाट अन्य समूहमा राष्ट्रिय सभामा निर्वाचित भएका थिए।

उपाध्यायको राष्ट्रिय सभाको दुई वर्षे कार्यकाल यही फागुन २१ गते सकिँदै थियो।उनी यसअघि कांग्रेस रुपन्देही ५ का क्षेत्रीय सभापति पनि थिए।

उनको आजै अन्तिम दाससंस्कार गरिने रुपन्देही कांग्रेस नेता सञ्जिव बस्यालले जानकारी दिए।