प्रेम दिवसमा प्रेम प्रस्ताव अस्विकार गर्दा गोलि हानियो ,

फागुन २ ,सिन्धुली – प्रेम दिवसमा प्रेम प्रस्ताव अस्विकार गर्दा ब्याक्तिले आफैलाई गोलि प्रहार गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी जवानले शुक्रबार बिहान आफैंनै दाहिने कोखामा गोली हानेका हुन् ।
उनले आज आफ्नै सहकर्मीलाई प्रेम प्रस्ताव राखेका थिए ।आज प्रेम दिवसपनि हो । ड्यूटीमा रहेकी प्रहरी जवानले प्रेम प्रस्ताव अस्विकार गर्दा उनिहरिबिच केहि समय विवाद पनि भएको थियो ।
तेस्पछि सर्लाही वहुअर्वा गाउँपालिका ६ स्थायी घरका २२ वर्षीय चन्द्रकिशोर रायले ड्यूटीमा रहकी महिला प्रहरीको राइफल खोसेर आफैंलाई गोली हानेका हुन्।
राय हाल जिल्ला प्रहरी कार्यलय सिन्धुली काजमा कार्यरत हुन् ।गोलि लागि घाईते भएका रायलाई थप उपचाको लागि एम्बुलेन्सबाट काठमाडौं लगिएको प्रहरी प्रमुख एसपी रन्जु सिग्देल बताईन।
दुवै प्रहरी जवान अविवाहित हुन् घटनाको विषयमा अनुसन्धान भईरहेको सिग्देलले बताईन ।
