रेशम चौधरीको रिहाईको लागि कैलालीमा थरुहटको आमरण अनसन

फागुन २ ,कैलाली – कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशमलाल चौधरीलाई रिहाईको माग गर्दै कैलालीमा थरुहट थारुवान राष्ट्रिय मोर्चाले धनगडीमा सडक अवरुद्द गरेका छन् ।

टिकापुर घटनाको झुठा मुद्दा लगा एर आजीवन जेल सजाए सुनाईएका सांसद रेशम लाल चौधरी सहित ११ जनालाई तत्काल रिहाईको माग गर्दै आज मोर्चाले धनगढीको क्याम्पस रोडमा आधा घण्टा सडक अवरुद्ध गरेका हुन् ।

मोर्चाले भोलि शनिबार पनि सोहि ठाँउमा चक्काजाम गरिने र माग सम्बोधन नभए निरन्तर आन्दोलन गरिने मोचाले बतायो ।

lekbesi

टिकापुर घटना राजनीतिक भएकाले राजनीति रुपमानै हेर्नु पर्ने मोर्चाका केन्द्रीय अध्यक्ष लक्ष्मण थारुले बताए ।

माग पुरा नभए धनगढीको क्याम्पस रोडमा आमरण अनशन बस्ने र चक्काजाम गरिने पनि उनले बताए ।

सरकारले टिकापुर घटनामा छानबिनको लागि गिरीशचन्द्र लालको नेतृत्वमा गठित छानबिन आयोग र देविराम शर्माको नेतृत्वमा गठित छानबिन समितिको प्रतिवेदन सार्वजानिक नगरेको भन्दै तत्काल सार्वजानिक गर्नुपर्ने र संविधान संसोधन गर्नुपर्ने माग राखेका छन् ।

मोर्चाले संविधानको धारा १८, ३८, ४२, ५६, २७४ र अनुसूची ४ प्रति असहमति जनाउँदै आएको छ ।

तेसैगरी भदौ ७ गतेको टीकापुर घटनाको प्रतिशोधमा भदौ ८ गते थारु समुदायको घर, व्यापारिक प्रतिष्ठानलगायतमा आगजानी, तोडफोड र लुटपाट गर्ने दोषीलाई कानुनी कारबाही गर्नु पर्ने माग मोर्चाले अगाडि सारेको छ ।