पूर्वसेनापति क्षत्री सम्पत्ति छानबिन तानिदै ,

फागुन २ ,काठमान्डौ – पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीको सम्पत्ति छानबिन गर्न राज्यव्यवस्था तथा सुशासन समितिले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई निर्देशन दिने भएको छ ।

शुक्रबार बसेको समिति बैठकले सो निर्णय गरेको हो।क्षत्रीले प्रधानसेनापति हुँदा अकुत सम्पत्ति आर्जन गरेको र भ्रष्टाचारगरेको भन्दै राज्यव्यवस्था तथा सुशासन समितिमा उजुरी परेको थियो ।

नेपाली सेनामा कार्यरत व्यक्तिहरूले संसदीय समितिमा क्षत्रीविरुद्ध भाद्र महिनामा उजुरी दिएका थिए ।

lekbesi

पूर्वप्रधानसेनापतिमाथि सेनाको मुख्यालय बनाउने क्रममा र राष्ट्रिय गौरवको आयोजना फास्ट ट्रयाक निर्माणमा अनियमितता गरेको आरोप छ।

उजुरी पछि गत असोजमा नेकपा सांसद रेखा शर्माको संयोजकत्वमा समितिले प्राप्त गुनासो तथा उजुरीहरूको संक्षिप्त विवरण र उजुरी सुनुवाइ कार्यदल गठन गरेको थियो।

शुक्रबार बसेको समितिको बैठकले क्षत्री विरुद्धको उजुरी ती दुई निकायमा पठाउने निर्णय भएको सांसद शर्माले बताइन् ।

आजको बैठकमा भने कुनैपनि प्रेसलाई जान अनुमति थिएन ।अख्तियारले सेनामा भएका अनियमितताको छानबिन नगर्ने भएकाले पूर्व पदाधिकारी भएको नाताले हेर्नसक्ने शर्माको भनाइ छ ।

नयाँ बन्ने अख्तियारसम्बन्धीऐनमा पूर्वसेनापति र पूर्वन्यायाधीशको भ्रष्टाचारको विषयलाई अख्तियारले हेर्नेव्यवस्था राख्ने भन्नेबारे सांसदहरूबीच छलफल भएको छ,।

‘ क्षत्रीविरुद्ध उजुरीका आधारमा भने सम्पत्तिसुद्धिकरण अनुसन्धान विभागले हेर्नसक्ने उनको भनाइ थियो ।

समितिमा भएको छलफललाई  उनले आर्जन गरेको सम्पत्ति वैद्ध हो कि होइन, ट्याक्स तिरेको छ कि छैन र सम्पत्तिकोस्रोत के हो भनेर सोध्नसक्छ उनले भनिन ।

समितिमाउजुरी परेपछि राज्यव्यवस्था तथा सुशासन समितिले उपप्रधान तथा रक्षामन्त्री ईश्वरपोखरेल र प्रधानसेनापति पूर्णचन्द्र थापालाई पनि बोलाउने भएको छ ।