प्रधानमन्त्री ओलीले संसदमा भने एमसीसी अब रास्ट्रिय गौरवको परियोजना बन्छ ,

फागुन ३ ,काठमान्डौ – प्रधानमन्त्री ओलीले संसदमा एमसीसी अब रास्ट्रिय गौरवको परियोजनाको बन्ने बताएका छन्।

,अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अब नेपालको राष्ट्रिय गौरवको आयोजनाको हैसियतमा रहेको प्रधानमन्त्री ओलीले आज शनिबार बिहान ११ बजेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका छन् ।

एमसीसी अन्तर्गत काठमाडाको लप्सेफेदी हुँदै रातामाटे हेटौंडा पाल्पा बुटवल र गोरखपुरसम्म अन्तर्देशीय विद्युत प्रशारण लाइन र आवश्यक सवस्टेशन निर्माण गर्ने योजना दीर्घकालीन महत्त्वको मात्र नभएर नेपालको अपार जलविद्युत उत्पादनको कोसेढुङ्गा हुने प्रधानमन्त्री ओलीले बताए ।

lekbesi

नेपाल सरकार र एमसिसि सम्झौता नेपालको उर्जा क्षेत्रमा संयुक्त लगानी गर्ने कार्यक्रम अगाडि बढेको छ।

सरकारको अवधि दुई वर्ष पुरा पुगेको र अहिले सम्म सरकारले गरेका उपलब्धि,आयोजनाको चर्चा गर्दै संसदमा ओलीले अगाडी भने अहिले कतिपयले एमसीसी व्यवस्थाको विरोध गरेका छन् तर अब यो रास्ट्रीय गौरवको परियिजना बन्दैछ।

साथै ओलीले अगाडी भने आगामी ५ बर्ष यो आयोजनाको काम पूरा भइसक्दा नेपालको अर्थतन्त्र, वैदेशिक व्यापार, भूक्तानी सन्तुलन र ऊर्जा उत्पादनको तस्विर नै बदलिने छ ।

उनले उर्जा क्षेत्रको विकासको चर्चा गर्दै ८८ प्रतिशत जनतामा विद्युतको पहुँच पुगेको बताए । प्रतिब्यक्ति विद्युत खपत १ सय ४५ बाट २ सय ४५ किलोवाट घण्टा पुगेको, २२ दशमलव ९ प्रतिशत विद्युत चुहावटलाई १५ प्रतिशत ५ प्रतिशतमा झारिएको उनको दावी छ ।

हिजो चुनाबको बेला कांग्रेसले नेकपाको सरकार बन्यो भने रुन हास्न पनि नपाईने भन्दै भोट मागेको समेत संसदमा बोल्दै ओलीले भने बताए ।

देशको विकास तिब्र गतिमा बढेको छ ।अब मुलुक भर डेढ दर्जन तुईन बाँकी छन् अन्य जिल्लाहरु तुईन्मुक्त भईसके बाँकी जिल्लामा पनि तुईनमुक्त हुन्छन उनले अगाडी भने ।

हुन त नकारातक टिप्पणी गर्ने मान्छे पनि चाहिन्छ उनीहरुको काम नै तेही त्यो भएर तेस्ता मान्छे पनि आवस्यक पर्छ नेपाल भारत सीमादेखि भारतको गोरखपुरसम्म १ सय २० किमी लम्बाईको ४ सय केभी प्रशारण लाइन निर्माण गर्न भारतको पावर ग्रिड कर्पोरेशनको पचास पचास प्रतिशत शेयर रहने गरी संयुक्त कम्पनी बनाउन सहमति भएको प्रधानमन्त्री ओलीले बताए ।

जसबाट नेपालमा उत्पादन भएको विद्युत बिक्रीका लागि भारत र बंगलादेशमा सहज हुने छ ।