रौतहटको चन्द्रपुर हार्डवेयर गोदाममा भिषण आगलागी ,

१४ चैत,- रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–५, तल्लो बजारमा रहेको एक हार्डवेयर गाेदाममा आगलागी भइरहेको छ । बजारमा रहेको राहुल हार्डवेयर गाेदाममा बिहानैदेखि आगलागी भइरहेको हो ।

बिहान ६ बजे बाट लागेको आगो अहिले सम्म नियन्त्रणमा आउन सकेको छैन आगो नियन्त्रण गर्नलाई गौर र चन्द्रपुर नगरपालिकाको अग्नी नियन्त्रकसँगै बारा, सर्लाही र हेटौंडाबाट समेत दमकल ल्याइएको छ ।५ ठाउबाट दमकल बोलायपनी अहिले सम्म आगो नियन्त्रणमा नआयको प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले जानकारी दिय।

आगो अन्य घर पसलमा न लागोस भन्नको लागि सतर्कता अपनईयाको छ नेपाल प्रहरी,नेपालि सेना,सस्त्र प्रहरी लगायत स्थानीयको सहयोगमा आगो नियन्त्रण जारि छ ।आगो हार्डवेयर पसल सिसा , पलाइवोर्ड आदिको सामानमा लागेको छ ,विधुतिय सर्किटका कारण आगलागी भयको प्रारम्भिक अनुसन्धान छ ठोस कारण पत्ता नलागेको प्रहरीले जानकारी दियको छ।