प्रधानमन्त्री ओलीको वेबसाइटमा पोर्न भिडियो अपलोड कसले गर्यो यस्तो हर्कत ,

फागुन ३ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीको ब्याक्तिगत वेवसाइट पुर्ण भिडियोहरु अपलोड गरेको पाईएको छ ।
उनको ब्याक्ति गत वेवसाइट हो ओलीको सो वेभसाइटको डोमेनको म्याद सकीएपछि अर्कै व्यक्तिले दर्ता गरि पुर्ण भिडियो अपलोड गरेको पाईएको छ ।
ओलीको नाम रहेको वेवसाइट २०१७ मार्चसममा अस्तित्वमा देखिएपनि त्यसपछि भने अर्कै व्यक्तिले दर्ता गरेर दुरुपयोग भएको देखिन्छ ।

लामो समयसम्म ओलीले सो डोमेन नवीकरण नगरेपछि अर्कैले दर्ता गराएर दुरुपयोग गरेको बुझिएको छ ।
चीनको छेन्दु वेस्ट डायमेन्सन डिजिटल टेक्नोलोजीले सन् २०१९ को मे २८ मा सो वेवसाइटको डोमेन पुनः दर्ता भएको देखिन्छ ।
यस्तै डोमेनको म्याद सकिने मिति आगामी मे २८ उल्लेख छ । आईपी लोकेसन क्यालिफोर्निया देखाइएको डोमेन दर्ता गरिँदाको आईपी ठेगाना 156.238.216.62 देखिएको छ ।

उक्त वेवसाइटमा अहिले सयौ पुर्ण भिडियो अपलोड भएका छन् ।यस्तो तथ्य थाहा पाएर सो वेवसाइट सरकारले बन्द गराएको भएपनि भीपीएन प्रयोग गरेर अझै हेर्न सकिने अवस्था छ ।
भीपीएन प्रयोग नगरी खोल्दा भने संचार तथा सूचना प्रविधि मन्त्रालय, तथा नेपाल दुर संचार प्राधिकरणको निर्देशन बमोजिम वेबसाईट बन्द गरिएको उल्लेख गरिएको छ ।
व्यक्तिगत वेवसाइट नवीकरण नगरेका ओलीको अहिले अर्कै वेवसाइट http://kpsharmaoli.com.np/ सञ्चालनमा छ । केहीमहिना अगाडी प्रधानमन्त्री केपी शर्मा ओलीको टुइटअर पनि ह्याक भएको थियो ।
