ए डिभिजन लिगको उपाधिमा ५० लाखको रासी सहित मछिन्द्रनाथ ,
फागुन ३ ,काठमान्डौ – सहिद स्मारक मछिन्द्र क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबलको उपाधि उचालेको छ ।
शनिबार भएको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १(० गोल अन्तरले पराजित गरेसगै मछिन्द्र क्लब शिर्ष स्थानमा रहदै मछिन्द्र क्लब च्याम्पियन बनेको हो ।
च्याम्पियन मछिन्द्रले ५० लाख नगद पनि पक्का गरेको छ ।दशरथ रंगशालामा भएको खेलमा आर्मीले गरेको आत्मघाती गोलले मछिन्द्रनाथलाई जित हासिल बन्न पुग्यो ।
खेल सुरु भएको ३४ मिनेटमानै मछिन्द्रले आत्मघाती गोलमा आफ्नो अग्रता लियो । मछिन्द्रका रन्जित धिमालले हानेको फ्रीकिकमा विकासले हेड गरेको बल आफ्नै पोष्टमा गोल भएको हो ।
त्यसपछि आर्मीका विकेश कुथु घाईते भएका थिए । लगत्तै उनले मैदान छाडेका थिए ।खेलको १३ औं मिनेटमा आर्मीले पाएको कर्नर किक सदुपयोग गर्न सकेन ।
आर्मीका लागि भरत खवासले कर्नर प्रहार गरेका थिए । २० औं मिनेटमा आर्मीका जर्ज प्रिन्स कर्कीले डि एरिया नजिकबाट प्रहार गरेको बल मछिन्द्रका गोल किपर विशाल श्रेष्ठले बचाए ।
बललाई रोख्न खोज्दा आर्मीका गोल किपर विकेस कुथु घाइते भएर मैदान बाहिर गए । मछिन्द्रले पहिलो पटक ए डिभिजन लिगको उपाधि जितेको हो ।