मेयरले लिय टेबलमा चढेर सलामी ,

फागुन ३ ,काठमान्डौ -बाग्लुङको जैमिनी नगरपालिकाका मेयर इन्द्रराज पौडेलले टेबुलमा चढेर सलामी लिएका हुन् ।

शनिबार बाग्लुङको जैमिनी नगरपालिकामा प्रथम नगर स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता २०७६ को उद्घाटन समारोहमा उनले टेबुलमा चढेर सलामी दिएका हुन्।

प्रथम नगर स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगीताको प्रमुख अतिथि रहेका पौडेललाई आयोजकले प्रतियोगिताबारे र उद्घाटनको शैलीबारे जानकारी गराइरहेका थिए।

lekbesi

त्यो लगतै एक लाम विद्यार्थी मार्च पास गर्दै मेयरतिर लम्किँदै आए। प्रतियोगितामा भाग लिने खेलाडी पनि लाम लागेर खेलाडीहरुले प्रमुख अतिथिलाई सलामी दिने तर्खरमा थिए।त्यो लगतै मेयरले पनि खेलाडीलाई सलामी फर्काउने कुरा आयो ।

त्यसपछि प्रमुख अतिथिले पनि खेलाडीलाई सलामी फर्काउनुपर्छ भन्ने कुरा आयो। त्यतिञ्जेल मेयर पौडेलको खुट्टा जमिनमै थियो र उनि तयार रहे ।

तर जिल्लाबाट आएका खेल रेफ्री र प्रशिक्षकले खेलाडीलाई जमिनमा टेकेर सलामी फर्काउन नमिल्ने कुरा राखे।

त्यसो गर्दा खेलाडीहरुको अपमान हुने प्रशिक्षहरुले बताएपछि मेयरले टेबुलमा चढेर सलामी फर्काएका थिए ।

आफुले भूईमा कपडा बिछ्याएर सलामी फर्काउने भने पनि खेल रेफ्री र प्रशिक्षकले माथिनै चदना पर्छ भनेपछि उनि टेबुलमा चढेको बताउछन ।