कर्णाली प्रदेश माननीयको पिकनिक आयोजनामा अनेमको असन्तुस्ट,
माननीयले समानुपातिकलाई कमाई खाने भाडो बनाईन ,
फागुन ३ सुर्खेत – कर्णाली प्रदेश सुर्खेतकि माननीय तथा नेकपाकि सचेतक समेत रहेकि सीता नेपालीले पिकनिकको योजना गरेकी छिन ।
यहि ५ गते कर्णाली प्रदेशको पर्यटकीय स्थल बुलबुले तालमा पिकनिकको आयोजना गरेकी हुन्।
पिकनिकमा अखिल नेपाल महिला संघका महिलाहरुलाई निमन्त्रणा गरिएको छ ।
आयोजना संगै पिकनिकमा रु एक हजार उठाउने निर्णय माननीय सिता नेपालीले गरेपछि अखिल नेपाल महिला संघले असन्तुस्ट जनाएका छन् ।
आफुहरुको लागि यो रकम बढी भएको भन्दै पिकनिकमा सहभागी नहुने समेत उनीहरुले बताएका छन् ।
उक्त रकम उठाएर पिकनिकको साटो महिलाहरुलाई कुनै विकासमा लगाई आत्मनिर्भर बनाउने काममा जोडदिन समेत उनीहरुले बताए ।
कर्णाली प्रदेशकि माननीय तथा नेकपाको सचेतक रहेकी सिता नेपालिले समानुपातिक प्रणालिलाई कमाई खाने भाडाेकाे रूपमा मात्र नभै विकास र समृदिमा समेत लागन आफुहरुले सुझाव दिन चाहेको (अनेम) हरुले रंग दर्पणलाई बताए ।
सिता नेपालि यकपटकाे नभई पटक -पटक काे माननीय भैईराखेपनि कर्णाली प्रदेशमा रहेका महिलाहरुको जीवनमा कुनै पनि परिवर्तनका कामहरु नभएको उनीहरु बताउछन ।
पिकनिकमा चर्को रकम असुलेर रमाईलो गर्नुको साटो महिलाहरुलाई आधारभूत कुरा देखि रोजगारमा सिर्जना गर्नपनि उनीहरुको सुझाव छ ।