चीनबाट फिर्ता ल्याईएका सबै नेपालीलाई खरिपाटी पुर्याईयो
६ नेपालीलाई चीनले ल्याउन दिएन कोरोनाको आसंका ,
फागुन ४ ,काठमान्डौ – चीनको वुहानबाट उद्धार गरिएका नेपालीलाई भक्तपुरको खरिपाटीमा पुर्याईएको छ ।
चीनबाट आज बिहान करिब ४ बजे तिर उनीहरुलाई त्रिभुवन विमान्स्थामा ल्याईएको हो ।
त्रिभुवन विमानस्थल ल्याएपछि स्वास्थ्य परीक्षण गराई पाँच बसमा राखेर र एम्बुलेन्ससँगै सुरक्षाका सम्पूर्ण माध्यम अपनाएर खरिपाटीस्थित क्वारेन्टाइनमा लगेर कोठामा प्रवेश गराइएको हो ।
भक्तपुरको खरिपाटीमा बनाईएको क्वारेन्टाइनमा १७५ जना नेपालीलाई राखीएको हो । क्वारेन्टाइनमा लैजानुअगाडी त्रिभुवन विमान स्थलमा उनीहरुको स्वास्थ्यजांच गरिएको थियो ।
फिर्ता ल्याईएका सबै नेपालिमा कुनै तेस्तो संक्रमण नभएको बताईएको हो ।खरिपाटिको नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा क्वारेन्टाइन बनाई राखीएका उनीहरुलाई १४ दिन सम्म राखिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
खरिपाटीमा रास्ट्रिय प्रयोगशालाका स्वास्थ्यकर्मीले उनीहरुको नामुमा परिक्षन गर्ने छ उनीहरुमा कुनै तेस्तो आसंका लागेमा विभिन्न अस्पतालमा बनाईएका आईसोलेसनमा उपचार गरिनेपनि मन्त्रालयले जनाएको हो ।
तेस्तै ६ जना नेपालीमा ज्वरो देखिएको भन्दै चीनले वुहानको विमानस्थलमा रोकेको छ ।३ जनालेले भने नेपाल नफर्कने ईच्छा गरेर चीनमै बसेको दुतावासले जनाएको हो ।
वुहानबाट नेपाल फर्किएकाहरुमा १७० जना विद्यार्थी, एक जना कामदार, दुई जना पर्यटक तथा दुई जना नाबालक रहेको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ ।
क्वारेन्टाइन क्षेत्र वरपर नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीको संयुक्त टोलीले सुरक्षादेखि सरसफाइसम्मका पूर्वाधार व्यवस्थापनमा सघाउ पुर्याउँदै छ ।