कोरोनाबाट ज्यान गुमाउनेको संख्या १६ सय ६५ पुग्यो ,
फागुन ४ ,एजेनसी – हाल सम्म कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या १६ सय ६५ पुगेको चिनियाँ स्वास्थ्य आयोगले बताएको छ भने ६८ हजार बढी ब्याक्तिमा कोरोना संक्रमण देखिएको छ।
तेसैगरी कोरोना संक्रमणबाट एसीया बाहिर एकजनाको मृतु भएको छ । मृतु हुनेमा चीनको हुबेई प्रान्तका ८० वर्षीय व्यक्ति रहेको फ्रान्सको स्वास्थ्यमन्त्री एग्नेस बुज्यीनले जानकारी दिए ।
एसीया बाहिर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको यो पहिलो घटना रहेको पनि एजेनसीले बताएको हो ।उनी गत १६ जनवरीमा फ्रान्स आइपुगेका थिए ।
उनलाई जनवरी २५ देखि पेरिसको अस्पतालमा क्वारेन्टाइनमा राखिएको थियो । यसअघि, चीनबाहिर हङकङ, फिलिपिन्स र जापानमा एक–एक जनाले ज्यान गुमाएका थिए ।
कोरोना भाईरस अहिले ३० देशमा फैलिसकेको छ ।चीनको कोरोना भाईरस प्रभावित प्रान्त वुहानबाट उद्धार गरिएका १७५ जना नेपालिलाई आज बिहान मात्र नेपालि फिर्ता ल्याईएको छ ।
उनीहरु कुनैमा पनि संक्रमण नभेटीएपनि १४ दिन सम्म खरिपाटी क्वारेनटाईन राखेर स्वस्थपरिक्षन गरिने स्वास्थ्यमन्त्रालयले जनाएको हो ।