सल्यानमा युवतीको घाँटी रेटी हत्या ,

फागुन ४ ,सल्यान – जिल्लाको त्रिवेणी गाउँपालिका १ तल्लो काभ्राकी १७ वर्षीय कविता बोहोराको घाँटी रेटी हत्या गरिएको छ ।

गत शुक्रबार घर नजिकै उनको शव हत्या अवस्थामा फेला परेको थियो । घर देखि १५ मिटर वस्तु बाँध्ने ठाँउमा उनको घाँटीको स्वासनलि काटेर हत्या गरिएको अवस्थामा फेला परेको सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।

गत शुक्रबार ९ बजे सम्म कविता आफ्नै घरमा थिइन् ।घरका अन्य सदस्य सुतेपछि उनि बाहिर निस्केको अवस्थामा उनको घाँटी रेटी हत्या गरिएको हुनसक्ने खतिवडाले बताए ।

घटनाको तिन दिनसम्म प्रहरीले कसैलाई पनि समाएको छैन । घटनाको अनुसन्धान भईरहेको र केहि दिनमा अभियुक्त पत्ता लागिसक्ने डिएसपी ढकेन्द्र खतिवडाले बताए ।