Gold

निवर्तमान सभामुख महराको आज अन्तिम सुनुवाई ,

Naumule Migrate

फागुन ४ ,काठमान्डौ – निवर्तमान सभामुख कृष्णबाहदुर महरामा लागेको आरोपको आज अन्तिम सुनुवाई हुने भएको छ ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश अमराज पौडेलको इजलासमा अन्तिम सुनुवाइ सुरु भएको हो ।

अहिले महराको पक्षबाट वकिलहरुले बहस गरिरहेको र बहस सकीए आजनै सुनुवाई हुने अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले बताए ।

यसअघि महराले आफूलाई जेल पठाउने जिल्ला अदालत काठमाडौंको फैसलाविरूद्ध पाटन उच्च अदालतमा निवेदन दिएका थिए।

उच्च अदालतले सदर गर्दै महारामथी लगाईएको आरोपको एक महिनाभित्र किनारा लगाउन पनि आदेश दिएको थियो ।

गत असोज १२ गते सचिवालयकि कर्मचारीले निवर्तमान सभामुख कृष्णबहादुर महरमाथि जबर्जस्ती करणीको आरोप लगाईकि थिइन् ।

आरोपमा १९ असोजमा महरालाई पक्राउ गरि जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

महरालाई १८ कात्तिकमा डिल्लीबजार कारागार चलान गरिएको थियो ।निवर्तमान सभामुख महराको जसका कारण सभामुखपद निलम्वनमा परेको थियो ।

Naumule Badhipahiro