प्रचण्ड एक्कासी किन पुगे गृहमन्त्रीलाई लगेर नेपालगञ्जमा ,

फागुन ४ ,काठमान्डौ – सत्तारुढदल नेकपा पार्टीले सातै प्रदेशमा प्रशिक्षण र अभियान भेलाको आयोजना गरेको छ ।

उक्त अभियान र प्रशिक्षण भेलामा केन्द्रीय नेतृत्व सहभागी हुने नेकपाले जनाएको छ । नेकपाले सातवटै प्रदेशमा गरेको प्रसिक्षन भेलामा सहभागी हुन नेकपाका अध्यक्ष देखि प्रधानमन्त्री ,गृहमन्त्रीको दौडधुप चलेको छ ।

प्रशिक्षण सचिवालयका सवै सदस्य खटिने छन् । प्रशिक्षण अभियानकै लागि भनेर नेकपाका अध्यक्ष प्रचण्ड र गृहमन्त्री राम बाहादुर थापा बादल नेपालगञ्जमा आयोजित सभामा सहभागी हुन बिहानै पुगेका छन् ।

तेसैगरी प्रधानमन्त्री ओली आफ्नो गृहजिल्ला झापाको दमकमा पुगेका छन् ।अभियानमा सहभागी भएर ओली आजै काठमान्डौ फर्कने उनको सचिवालयले जनाएको छ ।