प्रधानमन्त्री ओली गृह जिल्ला दमकमा ,

फागुन ४ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओली विभिन्न कार्यक्रममा सहभागी हुन आफ्नो गृहजिल्ला झापाको दमकमा पुगेका छन् ।

प्रधानमन्त्रीसँगै पूर्वसभामुख सुवाशचन्द्र नेम्वाङ पनि सहभागी छन् । दिनभर झापामा रहँदा ओली शिलन्यास र उद्घाटन कार्यक्रममा सहभागी हुने कार्यतालिका रहेको छ ।

झापामा रहेका प्रधानमन्त्रीले दमक ४ कृष्ण मन्दिरदेखि बेलडाँगी कालोपत्रे सडकको उद्घाटन, दमकबाट मोरङको मधुमल्ला जोड्ने मावाखोलामा बनेको पक्की पुलको उद्घाटन, दमक नगरपालिका–१ मा जनता आवासमार्फत निर्माण गरिएका घरको साँचो हस्तान्तरण गर्नेछन् ।

lekbesi

दिनभरका कार्यक्रम सकेर उनी आइतबारै काठमाडौ फर्कने ओलीको सचिवालय सदस्यले जानकारी दिए ।

नेकपाले पार्टीको विशेष अभियान अन्र्तगत फागुन महिनामा सातै प्रदेशमा प्रशिक्षण र भेला आयोजना गर्दैछ । ति भेला र प्रशिक्षणमा केन्द्रीय नेतृत्व सहभागी हुने नेकपाले जनाएको छ ।