निर्देशक शिव विकलाई जन्मउत्सवमा वर्षा ,
फागुन ४ ,काठमान्डौ -नेपालि गित संगीतमा निर्देशन कोरियोग्राफर देखि चलचित्रका गितमा कोरियोग्राफरका रुपमा काम गरि चर्चामा रहेका शिव विकलाई जन्मउत्सवमा उनका सुभचिन्तकले भारि मात्रामा सुभकामना ब्यक्त गरेका छन् ।
लोकप्रिय निर्देशक शिव बिक नेपालि गित संगीतको एक बादशाह भनेर समेत चिन्ने गरिन्छन । बहुप्रतीभाका धनि निर्देशक शिव बिक दुई दशक पहिले देखि निरन्तर निर्देशकमा जमेका हुन् ।
साचिकै भनौ भने नेपालि गित संगीत क्षेत्रमा उनले एक छत्र राज गरेका छन् ।उनले निर्देशन कोरियोग्राफर गरेका गितहरुले चर्चाको शिखर चुमेका छन् ।
हजारौ गीतका निर्देशक शिव बिक पछिल्लो समय नेपालि चलचित्रका गित हरुमा ब्यस्त छन् ।सालको पातको टपरी ,लोभी आँखा ,विद्यानास ,पिडालु खुर्केर ,भंगेरी चरी ,छोटो कपाल,बनकि चरी ,हे लैलै जस्ता हजारौ गीतलाई उनले निर्देशन गरि चर्चामा ल्याएका छन् ।
नेपालि गित संगीत क्षेत्रमा उनले धेरैलाई मोडल क्षेत्रमा स्थापित समेत गरेका छन् भने नेपालि गायक गायिका नायक नायिका संग काम गरिसकेका छन् ।
नेपालि गित संगीत क्षेत्रले शिब बिकलाई गुरु मान्ने गरेको छ भने उनको नाम थप उचाईको रुपमा लिने गर्दछ ।
गित संगीतमा दर्शकले आफुलाई दिएको यो स्नेहलाई सधै आत्मसात गर्ने निर्देशक शिव विकले रंग दर्पणलाई बताए ।